काठमाडौं– भारतमा अहमदाबादको मेघानीनगर आइजी परिसरमा एक विमान दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो ।
विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
प्रतिक्रिया