नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम १२ अर्ब माथि


काठमाडौं – आज साताको अन्तिम  कारोबारको दिन बिहीबार शेयर बजार झिनो  अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशमलव ३ अंकले घटेर बजार  २६ सय ५७ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको  शेयर मूल्य बढेको छ भने  १५० कम्पनीको शेयर मूल्य घटेको छ ।  

आज दिनभरिमा ३११ कम्पनीको २ करोड ८५ लाख ७९ हजार  कित्ता शेयर किनबेच हुँदा १२ अर्ब  भन्दा माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब रुपैयाँ भन्दा माथि  शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै पियोर इनर्जीका   लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत दरले कमाएका छन् ।   आज सबैभन्दा गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीले आज  १० प्रतिशतका दरले गुमाएका हुन् ।