‘बैंकहरुले समयसापेक्ष रूपमा प्राविधिक हिसाबले सिस्टम अपडेट गरिरहेका छन्’


नेपाल राष्ट्र बैंकको मुख्य उद्देश्य भनेको वित्तीय क्षेत्रको स्थिरता कायम गर्नु हो । त्यो स्थिरता कायम गर्दै गर्दा वित्तीय क्षेत्रको ग्रोथ गर्नु, वित्तीय क्षेत्र प्रभावकारी बनाउनु, वित्तीय क्षेत्रलाई इनोभेटिभ बनाउनु पनि अर्को मुख्य उद्देश्य हो । राष्ट्र बैंकले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगलाई नजिकबाट नियालिरहेको अवस्था छ । विशेष गरी अन्य देशहरूले वित्तीय क्षेत्रमा प्रविधिलाई अँगालिरहेका छन् । त्यसरी नै नेपालले पनि वित्तीय क्षेत्रमा प्रविधिलाई अँगाल्छ भन्ने थियो । त्यसैको सन्दर्भमा हामीले के गर्नुपर्छ भने यसमा हामीले केही कामहरू गरिसकेका पनि छौँ । 

आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा डिजिटल बैंकिङ्गमा जान के गर्न सकिन्छ भनेर अध्ययन गर्‍यौ । त्यस अध्ययनमा लामो समय स्थिर रहने, छोटो समय र केही समय के हुन सक्छ कसरी जान सक्छ भन्ने विषय समेटेका थियौँ । त्यो सँगसँगै यी कुराहरू प्रविधिलाई लिएर वित्तीय क्षेत्रलाई इनोभेटिभ बनाउने र प्रभावकारी बनाउने कुराहरू छ । त्यसमा प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षा लगायतका कुराहरू छन् । यी कुराहरूलाई दृष्टिगत गर्दै जानुपर्छ भन्ने हिसाबले सोही वर्ष वित्तीय क्षेत्रमा इनोभेसनका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरेका थियौँ । 

त्यस अन्तर्गत नै डिजिटल फाइनान्स इनोभेसन हब भनेर पेमेन्ट सिस्टम विभागमा यसलाई स्थापना गरेका छौँ । त्यस्तै, ‘रेगुलेटरी स्यान्ड बक्स’ पनि हामी स्थापना गर्ने क्रममा छौँ । वित्तीय क्षेत्रमा प्रविधिलाई अँगाल्नुपर्छ भन्ने कुरा हो । त्यहीअनुसार राष्ट्र बैंकले काम गर्दै आइरहेको छ । बैंकहरुले पनि समयसापेक्ष रूपमा प्राविधिक हिसाबले सिस्टम अगाडी बढाइरहेका छन् । बैंकहरु प्रडक्ट सेन्ट्रिक बाट डेटा सेन्ट्रिक तर्फ सर्नुपर्ने देखिन्छ । ओपन बैंकमा ग्राहकहरूको डेटा शक्तिशाली हुन्छ । ओपन बैंकमा ग्राहकहरूको डेटा शक्तिशाली हुने हुँदा यसको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ । ग्राहकहरूको डेटा दुरुपयोग नहोस् भन्न बैंकले डेटा सुरक्षामा पनि त्यति नै ध्यान दिन जरुरी छ । 

फिनटेक क्षेत्र हाम्रोमा चलायमान क्षेत्रको रूपमा छ । नयाँ नयाँ प्रडक्टहरु अफर गरिरहेको छ । यति गर्दा पनि ठुलो योगदान दिँदा पनि फिनटेकको नियामकीय निकाय तोकिएको छैन । सुपरिवेक्षण नगर्दा भने फिनटेक कम्पनीहरु पनि अन्यौलतामा छन् । उनीहरूलाई मार्गदर्शन लिन समेत असहज भइरहेको छ । उपभोक्ताको कुरा गर्ने हो भने प्रविधि आउने बित्तिकै प्रयोग गर्न खोज्ने किसिमका छन् । त्यसले गर्दा वित्तीय क्षेत्रमा यस्ता विषय सकारात्मक कुरा हो । तर, यो सेवा लिनेहरू विशेष गरी सहरी क्षेत्रमा छन् । यसले गर्दा सानो डिजिटल डिभाइट भएको होकि भन्ने हाम्रो बुझाई हो । यसलाई कम गर्दै लैजानुपर्छ । राष्ट्र बैंकले ‘फाइनान्सियल इन्क्लुजन एण्ड कन्जुमर प्रोटेक्सन डिभिजन’ भनेर एउटा महाशाखा स्थापना गरेको छ । 

त्यो महाशाखाले दूर दराजमा गएर उपभोक्ताहरूलाई वित्तीय रूपले साक्षर बनाउने काम गर्दै आएका छन् । यसले डिजिटल डिभाइट कम होला । तर, बैंक तथा वित्तीय संस्थाको पनि भूमिका रहन्छ । हामीले उपभोक्तालाई सचेत भने गराउनुपर्छ । ओपन बैंक र नियो बैंकमा डेटा शेयर हुँदा आफ्नो डेटाको गोपनीयता कुन ठाउँमा हुनुपर्छ, के कुरा शेयर गर्ने नगर्ने, शेयर गर्दाको फाइदा घाटाका विषयमा सचेत गराउनुपर्दछ । अहिले नै हामी नियो बैंकमा अथवा ओपन बैंकिङ्गमा जान सक्ने छौँ कि छैनाैं भन्दा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग गर्ने भनेको छ । तर ओपन बैंकिङ्ग, डिजिटल र नियो बैंकिङ्ग कै लागि भनेर त्यता केन्द्रित भएको अवस्था छैन । 

नियो बैंकका लागि डेटा सुरक्षाका कुराहरू होला, ओपन बैंकिङ्गका लागि कस्ता नीति कसरी ल्याउने भन्ने विषय होला, नियो बैंकका लागि लाइसेन्सका कुरा आउँला हालका बैंक वित्तीय संस्थालाई नै दिने कि नयाँलाई दिने भन्ने कुरा आउँला ती कुरा पनि हामीले निक्याैल गर्नुपर्ने छ ।  प्रविधिलाई वित्तीय क्षेत्रमा समावेश गर्नुपर्छ । यो बजार र उपभोक्ताबाट नै सुरु हुन्छ र बजार पनि त्यसतर्फ जान्छ भन्ने कुरामा हामी स्पष्ट छौँ । हाल ओपन बैंक र नियो बैंकलाई नै भनेर कुनै पनि फ्रेमवर्क बनेको अवस्था छैन । हामीले एनसिएचएलबाट नेशनल पेमेन्ट स्वीचको अवधारणा ल्याएका छौँ । यो डेटा शेयरिङ्गका लागी एउटा माइल स्टोन नै हो ।

(राष्ट्र बैंकका निर्देशक धुँजुले ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो बैंकको नियमाकीय अवधारणामा’ नामक तेस्रो सत्रमा राखेका विषयहरूमा आधारित)