काठमाडौं – गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






About Us
प्रतिक्रिया