आर्थिक गतिविधिलाई चलायमान बनाउन गैह्रबैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्नुपर्छ : डेपुटी गभर्नर मिश्र


काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले हाल देशको अर्थतन्त्रमा चुनौती र अवसर दुवै रहेको औँल्याएका छन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा राम्रा र नराम्रा दुवै पक्ष छन्, चुनौतीहरूको सामना गर्दै अगाडि बढ्दा सफल भइने उनले बताए ।  

मिश्रले भने,‘ अहिले नेपालको अर्थतन्त्रलाई हामीले हेर्दै गर्दा केही मात्रामा राम्रा र केही मात्रमा चुनौतीहरू देखेका छौँ । त्यहीँ हाम्रा अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई बढी मात्रमा महत्त्व दिन सकेमा सफलतातिर उन्मुख भइन्छ । चुनौतीको महत्त्वपूर्ण पक्ष एनपिए केही मात्रामा सस्तो भइरहेको छ । यो एनपिएलाई  हामीले व्यवस्थापन गर्न आर्थिक गतिविधिलाई चलायमान गर्न जरुरी छ ।’ मिश्रले थपे, अर्थ मन्त्रालयले बजेट भर्खरै घोषणा गरेको छ । यसलाई व्यवस्था गर्न सक्छौँ ताकि भोलीको दिनमा हाम्रो आर्थिक गतिविधि चलायमान गराउन सकोस्’ । 

‘साउनको हाराहारीमा मौद्रिक नीति जारी गर्छाैँ त्यसबाट के कस्ता विषयहरू समावेश हुन्छन् भन्ने कुराहरूले पनि आगामी दिनमा कसरी इकोनोमी चलायमान हुन सक्छ तय गर्छ ।साथै, आजको यस डिश्काेर्स यस विषयमा पनि छलफल होस् ताकी हामीहरूलाई पनि प्रतिक्रिया प्राप्त होस्।’ मिश्रले भने, ‘जहाँसम्म अहिले तरलताको विषय छ । नेपाल राष्ट्र बैंकले ३ सय विलियनभन्दा माथिको रकम तानिरहेको छ।’ यी सम्पूर्ण पक्षमा ध्यान दिँदा अर्थतन्त्र चलायमान हुने उनले बताए ।

‘यो बैंकिङ्गको दुनियाँमा काम गरिरहँदा, डिजिटलको कुरा गछौँ । पैसा समेत छाप्नु पर्दैन भन्दै गर्दा यी सबै कुरामा विभिन्न किसिमका जाेखिमहरु छन् । पैसा लिन सहज छ बैंकले पनि लोन प्रदान गर्न सजिलो छ, तर भोलीका दिनमा यसलाई रिटन दिन रिपेमेन्टको समस्या हुन जान्छ ।  यसबाट धेरै किसिमबाट यसलाई छेडखानी संकेत गर्न खोजियो र गरियो पनि तर हामीले बिचार गर्नुपर्छ । वर्किङ्ग क्यापिटल गाइडलाइन्स धेरै राम्रो कुरा छ । यदि यसको समयसीमा अथवा प्रावधानहरूलाई सहजीकरण गर्ने विषय होला यद्यपि यसमा बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा नै कर्जा प्रवाह गर्दा सहजीकरण प्रदान गर्न सकिएमा भोलीका दिनमा हामीले त्यसलाई सजिलैसँग रिपेमेन्ट गर्न सक्छाैँ’ उनले भने ।

मिश्रले बैंकिङ्ग डिस्कोर्शमा समावेश भएका छलफलका सत्रहरूमा उठेका विषयवस्तुहरू समय सान्दर्भिक भएको औँल्याउँदै यसले आफूहरूलाई नीति निमार्णमा सहयोग पुग्ने बताए । साथै, उनले यस्ता डिस्कोर्शहरु बैंकिङ्ग क्षेत्रमा निकै आवश्यक रहेको औँल्याए । नियो बैंकिङ्ग, ओपन बैंकिङ्ग, फिनेटक लगायतका विविध विषयवस्तुहरू उजागर गर्दै सरोकारवाला निकायलाई घचघच्याएको मिश्रले औँल्याएँ। डिस्कोर्शमा उठेका विषयवस्तुहरूलाई  समेटेर प्रतिवेदन बनाइ नीति निर्माण कर्तालाई  बुझाउनु निकै सराहनीय कार्य भएको उनले बताए ।