काठमाडौं – आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव २८ अंकले घटेर बजार २६ सय ७९ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा भने स्थिर देखिएको छ ।
आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ वटा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत दरले कमाएका छन् । जसमा बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभपलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा सप्तकोसी डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीले आज ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया