नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १० अर्ब माथि 


काठमाडौं –  आज साताको तेस्रो  कारोबारको दिन मंगलबार  शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६ दशमलव २४ अंकले बढेर २६ सय ७९ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको  शेयर मूल्य बढेको छ भने  ५२ कम्पनीको शेयर मूल्य घटेको छ । 

आज दिनभरिमा ३११ कम्पनीको २ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६  करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको  शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । 

आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीले आज ६ दशमलव २० प्रतिशतका दरले गुमाएका हुन् ।