नेपालले वित्तीय पहुँच बढाउने पक्षमा राम्रो सुधार गरेको छ । जुन तथ्यांकमा नै पनि देखिन्छ । बैंकको पहुँच नबढेको होइन समस्या अरू नै छन् । यस्तै, साना तथा मझौला उद्यम (एसएमई) फाइनान्सिङ अन्तर छ । मैले बैंकमा देख्ने समस्या नगद कम कर्जा लगानी गर्न सकिँदैन किन हामी कोल्याटर बेस, एसेट बेस कर्जा मात्रै लगानी गर्ने भन्ने लाग्छ । सरकारसँग सम्बन्धित विषयले यस्तो कर्जा प्रवाह गर्न नसकेको जस्तो पनि देखिन्छ । डेटाको कुरा गर्ने हो भने कुनै पनि व्यक्तिको डेटा पत्ता लगाउन सक्ने कम्पनी, उपकरणहरू नै बनिसकेको अवस्था छ ।

बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकबाट राम्रो नियमन भएको कारण पनि मुभ गर्ने ठाउँ पनि कम भयो भन्ने सुनिन्छ । यो भित्र पनि इनोभेसनको ठाउँ हुनसक्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा दिइरहेको समयमा बैंक वित्तीय संस्थाले साना तथा मझौला उद्यमहरूको व्यवसाय बुझे पनि इक्विटिमा लगानी गर्न सकिन्छ । विगतका २ वर्षमा बैंक तथा वित्तीय संस्थाले उद्यमीहरूलाई तालिमहरू दिनुभयो भने तर हामीलाई व्यवसाय विकास सेवाहरू चाहिएको थियो । त्यो दिन नसक्ने पनि होइन ।

बैंकहरुले सुरक्षित गर्ने तर भेन्चरले चाहिँ बचत असुरक्षित गर्ने भन्ने सुनिन्छ । राष्ट्र बैंकले सरकारले लिएको लक्ष्य हासिल गर्ने गरी पोलिसी बनाउने काम गर्छ । संस्था संस्थाबिच हुने कम समन्वयनले केही चुनौती सिर्जना गरेको छ । हामीले हेर्ने हो भने प्राइभेट इक्विटि भेन्चर फस्टाउन सुरुको समयमा बैंकहरुको सहभागिता आवश्यक पर्छ ।

यो लामो समयका लागि बैंकलाई नभएर बीमा कम्पनी जसमा पनि जीवन बीमा कम्पनीका लागि हो भन्नेमा हामी स्पष्ट छौँ । तर के भयो भने यो सुरु हुँदै थियो प्राइभेट इक्विटिमा गरेको बैंकको लगानी टायर १ क्यापिटलबाट नै हटाउनुपर्ने भयो । बैंकको पैसा यस्तो रिक्समा लगानी गर्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ । हाम्रोमा यसका लागी बनेको नीति नै स्पष्ट छैन । यता राष्ट्र बैंकले फण्ड व्यवस्थापनमा गरेको लगानीमा छुट दिएको छ । तर खास मुद्दा त्यो होइन । फण्ड व्यवस्थापनमा गरेको लगानी त अन्य इन्भेष्टमेन्ट कम्पनीमा गरेको जस्तै हो । त्यसैले यसमा राष्ट्र बैंक स्पष्ट नीति ल्याउनुपर्दछ ।
(एफएनसीसीआईका कार्य समिति सदस्य पौडेलले ‘बैंकिङ्ग डिस्कोर्श, २०२५’ को ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक दोस्रो सत्रमा राखेका विषयहरूमा आधारित)





About Us
प्रतिक्रिया