‘राष्ट्र बैंकले सिमा तोकेर नै लगानी गराउँदा एसएमईको भूमिका महत्त्वपूर्ण छ भन्ने देखिन्छ’


बैंक पब्लिक लिमिटेड कम्पनी हो । निक्षेपकर्ताको सुरक्षा गर्नु पहिलो काम हो । निक्षेपकर्ताको बचत सुरक्षित गर्दै जाँदा सुरक्षित कर्जा प्रवाह गर्नुपर्ने छ । सुरक्षित कर्जा प्रवाह गरेन भने हालको स्प्रेडरेटअनुसार करिब ४/५ करोडको घाटा हुन्छ । पैसा छ । बचतकर्ताको बचत सुरक्षित गर्नुपर्नेछ । तर, ऋण दिएन भने नाफा पनि कम हुन पुग्छ ।

यता रिर्टन अन अर्निङ्ग व्यवसायमा लगानी गर्नेहरूले खोज्ने नै भए । यो अवस्था सिर्जना हुँदै गर्दा बैंकहरु पैसा दिन तयार नै छन्। हाल त अझ बैंकहरुका तरलता पनि पर्याप्त छ । यति हुँदाहुँदै पनि साना तथा मझौला उद्यम (एसएमई) हरुको पक्षमा कहीँ मूल्यांकनमा, कहीँ  प्रक्रियामा, कतै फण्डिङ्गमा, कहीँ स्रोतमा किन समस्या देखिएको छ भने मैले यसमा सबैभन्दा ठुलो अन्तर देखेको छु । बैंक दिन चाहन्छ । 

एक वर्षमा ६/७ करोडको नाफा कमी गर्न चाहँदैन । एसएमईहरु लिन चाहन्छन् तर समय लागिरहेको छ । यहाँ केही कुराहरू छन् । यसमा पहिलो नम्बरमा साक्षरता नै हो । बैंकका पनि आफ्नै नीतिहरू छन् । हेर्दा बैंकको अवस्था राम्रो छ र दिन मिल्छ तर प्राविधिक रूपमा भित्र जाँदा विभिन्न कुराले समस्या सिर्जना गर्दछ । 

एसएमई अर्थतन्त्रको ‘ब्याक बण्ड’ हो भन्ने कुरामा हामी हरायौँ । राष्ट्र बैंकले  पहिचान गरेर महत्त्वपूर्ण क्षेत्र हो बैंकले यति लगानी गर्नुपर्छ भनेर भन्नुको पछाडि के छ भने एसएमईको भूमिका महत्त्वपूर्ण छ भन्ने देखाउँछ । एसएमईले रोजगारीको सिर्जना पनि बढाउँदै गएको छ ।

एसएमईले अर्थतन्त्रलाई सहयोग गर्छ भनेर हाम्रो छिमेकी मुलुकले पनि सन् २००० तिर ६ प्रतिशत योगदान भएको एसएमई क्षेत्रलाई ३० प्रतिशतको हाराहारीमा ल्याइसकेका छन् । यसो गर्दा वार्षिक रूपमा उनीहरूको अर्थतन्त्रको ग्रोथपनि बढिरहेको छ। तर, हाम्रो हेर्दा त्यस्तो किसिमको प्रक्रिया/भिजन नै ल्याउन सकेनौँ । मौद्रिक नीतिमा काम भएको देखिन्छ । तर, अन्य विषयमा ध्यान गएको देखिँदैन ।  

एसएमईको लागि सुरुमा नै बैंकले ऋण दिने भन्ने कुरा आयो । यसमा केही फरक छ । एसएमईको वित्तीय स्रोतको सुरुमा आउने भनेको भेन्चर इक्विटि हो । हामी क्यापिटल बजारमा पुगेका छैनौँ । त्यसैले हामीले सुरु गर्दा फण्ड आवश्यक पर्दा कहाँ जाने भन्ने थाहा भयो भने फण्डिङ्गमा सहज हुन्छ । 

(ज्योति विकास बैंकका सीईओ ढकालले ‘बैंकिङ्ग डिस्कोर्श, २०२५’ को ‘साना तथा मझौला उद्यमहरुमा कर्जा विस्तारको समस्याः समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक दोस्रो सत्रमा राखेका विषयहरूमा आधारित)