हामीले फुडमान्डूको सुरुवात गरेदेखि हालसम्मको कुरा गर्दा बैंक तथा वित्तीय संस्थाबाट सहयोग नभएर व्यवसाय अगाडी बढाउन नै समस्या भन्ने चाहिँ हामीले भोग्नुपरेन । तर कुनै कुनै समयमा कठिनाइ भने सामना गर्नुपर्ने अवस्था आयो । यो कठिनाइका कुरा गर्दा कुनै नीतिगत विषयले पनि भएको होला ।
तर, मेरो आफ्नो अनुभवमा चाहिँ नीतिगत भन्दा व्यवहारिक विषय हो जस्तो लाग्छ । मेरो बुझाइमा २० प्रतिशत नीतिगत कुराले समस्या सिर्जना हुन्छ भने ८० प्रतिशत व्यवहारिक कुराले कठिनाइ सिर्जना गरेको छ । जति कम्पनी सानो भयो । कम्पनीको सुरुवातमा सानो सानो कुरामा कठिनाइ हुन्छ । २०१३ मा हामीले फुडमान्डु सुरुवात गर्यो । सुरुमा हामीले जति समस्या सामना गर्नुपर्यो अहिले बिस्तारै सहज हुँदै गइरहेको छ ।
सरकारी नियाकहरुबिच समन्वयनको पनि अभाव देखिएको छ । उदाहरणका लागी हामीले एफडीआईका लागि अनुमति लिनुपर्ने थियो । कम्पनी, वडामा पनि रजिस्ट्रार थियौँ । उद्योगमा रजिस्टर हुन हामीसँग वर्ग नै थिएन । एफडीआई लिनुपर्ने भएपछि उद्योगमा रजिस्टर हुन्छ भन्ने थाहा भयो र रजिस्टेसन गर्यौ । त्यहाँबाट अनुमति लियौँ । कुनै विधि अपनाएर कम्पनीको एउटा भ्यालुएसन निकालिएको हुन्छ ।
तर, त्यहाँ कसैले आफ्नो शेयर बेच्न खोज्छ भने उस्तै शेयर मूल्य हुनुपर्छ भन्ने लाग्दैन । त्यो सबैलाई थाहा छ तर पनि निर्णय लिन हिचकिचाउने गर्छन् । नीतिमा पनि शेयरको मूल्य फरक बनाएर बेच्न नमिल्ने भन्ने स्पष्ट छैन । यस्ता समस्या हामीले भोगिरहेका हुन्छौँ । बैंकसँग कारोबार गर्नलाई त्यस्तो कठिनाइ नभोगे पनि सरकारी निकायहरूसँग समन्वयनको अभाव देखिएको छ ।

म र मेरो साथी मिलेर फुडमान्डुको सुरुवात गरेको हो । हामीले आफ्नै लगानी हालेर नै यसलाई सञ्चालन गरेका हौँ । २०१० मा जुन सर्भिस हामीले सुरु गरेका थियौँ । बजार तयार थिएन । बिस्तारै ग्रोथ भएको हो । त्यसैले हामीलाई क्यापिटल पनि बिस्तारै बिस्तारै जुटाउन पर्यो । जसले गर्दा आफै स्रोतबाट ५/६ वर्ष हामी चल्न सक्षम भयौँ । बिस्तारै ग्रोथ हुँदै गयौँ । हामीले रुपैयाँ धेरै बण्ड गरेनौँ । २०१७ मा आएपछि मात्रै हामीले लगानी खोजेका हौँ । २०२३ मा आएपछि हामीले धेरै लगानी एफडीआईबाट लिएका छौँ ।
कुनैपनि स्टार्टअप सञ्चालन हुन फण्ड अनिवार्य हुन्छ । फण्डबिना कोही पनि अगाडी बढ्न सक्दैन । केही इनोभेसन ल्याउनुहुन्छ बैंकहरुले भने रिक्स त बढी हुन्छ । स्टार्टअप गर्दै जाँदा उनीहरूलाई प्रेरणा दिने गरी सफलताका कुराहरू बाहिर आउनुपर्दछ । कुनै पनि व्यवसाय सञ्चालन गर्नुभन्दा त्यसलाई कसरी प्रेरणा दिने भन्ने खालको नीति नभएको होकि जस्तो लाग्छ। किनभने व्यवसाय सुरु गर्नु मात्रै ठुलो कुरा होइन । जति व्यवसाय ठुलो भयो त्यति चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ ।
(फूडमान्डूका संस्थापक अधिकारीले ‘बैंकिङ्ग डिस्कोर्श, २०२५’ को ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक दोस्रो सत्रमा राखेका विषयहरूमा आधारित)





About Us
प्रतिक्रिया