काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक जसलाई निफ्रा भन्ने गरिन्छ । निफ्रा बैंकिङ्ग जगतमा नयाँ बैंक हो तर नियो बैंक आयो भने दोस्रो हुन्छ । निफ्रा स्थापनाको उद्देश्य भनेको नेपालको जति पनि बैंक छ नेपालमा जति पनि पूर्वाधारबीचको ‘ग्याप’ छ त्यसलाई व्यवस्थापन गर्नु हो । कमर्सियल बैंक र निफ्राबीच खास भिन्नता भएन भन्ने विषयमा हामीहरूलाई निश्चित निर्देशनहरू दिइएको छ जसमा हामीले १३ क्षेत्रमा लगानी गर्न सक्छौ जुन पूर्वाधारकै क्षेत्रहरू हुन् ।
नवीकरणीय ऊर्जा, होटेल, हस्पिटलहरूमा लगानी गरिरहेका हुन्छौँ । जसको लागि ठुलो धनराशिको आवश्यकता परेको खण्डमा वाणिज्य बैकहरूमा सहकार्य गरिरहेका हुन्छौ । वाणिज्य बैंकहरुले नगरेको लगानीमा निफ्राले पहल गर्न खोजिरहेको अवस्थामा केही नीतिगत वाधाले अकडिएको हो ।
लगानीको माध्यम बढाउनको लागि धेरै नीति नियम आवश्यक हुन्छ । हामीले गरेको सार्वजनिक निजी साझेदारीको उदाहरण दिन चाहन्छाैँ । हामीले कोसी प्रदेशको सरकारसँग समन्वय गरेर निजी क्षेत्र र कोसी प्रदेशलाई समन्वय गर्ने गरेर पर्यटन व्यवसायलाई मध्यनजर गर्दै धरानमा पर्यटन क्षेत्र निर्माण गरेका छौँ । जसले गर्दा आर्थिक गतिविधिलाई सहयोग पुगेको छ ।

निफ्राले हालसालै ‘ग्रिन बन्ड’ जारी गरेको छ । जलवायु परिवर्तनको कारण विश्व नै यसको असरबाट पन्छिन् भने सकेको छैन । नेपाल पनि जलवायु परिवर्तनको असर भोगिरहेको हुन्छ । पूर्ण रूपले ‘ग्रिन बन्ड’मा जानुपर्छ भनेर नियामकले दिएको निर्देशन होइन । यो हामीले ढिलो चाँडो जे भएपनि बैंक वित्तीय संस्थाहरू ‘ग्रिन फाइनसिङ्ग’ मा जानुपर्छ भन्ने उद्देश्यले मात्र यो व्यवस्था गरेका हौँ ।
हामीले विशेष गरेर पूर्वाधारहरूमा नवीकरणीय ऊर्जामा लगानी गर्ने गरी हरित वित्त ल्याएका हाैँ । अहिले हामीले पाँच अर्बको ‘ग्रिन बण्ड ल्याएका छौ । यसमा सोचेकोभन्दा राम्रो प्रतिक्रिया पनि आएको छ । लगानीकर्ताहरूले पनि केही चासो देखाउनु भएको छ । यस्तो नयाँ व्यवस्था हरेक बैंकले पनि गर्नुपर्छ ।

पर्यटकीय क्षेत्रमा हरित ऊर्जामा लगानी प्रोत्साहन गर्नको लागि निफ्राले विभिन्न रणनीति बनाएको छ । पूर्वाधारहरूमा लगानी गर्ने हेतुले खोलिएको निफ्रा र वाणिज्य बैंकहरु बीचको भिन्नता भनेको वाणिज्य बैंकहरुले मुद्दती लिनु भयो भने पनि पाँच वर्ष जतिको मात्र लिनु हुन्छ । तर, हामी लामो समयको मात्र मुद्दती लिने काम गर्छौ ।
यो चोटिको बण्ड पनि हामीले सात वर्षको लागि ल्याएका हौँ । अब लामो समयको लागि बण्ड ल्याउने योजना बनिरहेको छ । नेपालमा उर्जामार्ग चित्र २०८० आएको छ जसले २८ हजार ५ सय मेगावाट २०३५ सालसम्म बनाउनु पर्ने भनिएको छ । त्यसैले यो क्षेत्रमा ठुलो सम्भावना छ । त्यसको लागि लामो समय लाग्ने हुँदा निफ्राले त्यस्तो परिस्थितको लागि मिल्दोजुल्दो रणनीति ल्याउने तयारीमा छ ।
(‘नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी, तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र: नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’)






About Us
प्रतिक्रिया