काठमाडौं – बैंक स्थापनाको सुरुवाती चरणमा बैंक भनेको सरकारी हस्तक्षेप भएको मात्र हुनुपर्छ भन्ने धारणा थियो । कुनै पनि निजी क्षेत्र समावेश हुनुहुँदैन भन्ने धारणा थियो । अहिलेको परिवेशमा थुप्र सरकारीसँगै निजी बैंकहरुले सेवा दिँदैछन् । केही समय अगाडि पनि लगानीकर्ताहरूले प्रतिफलको लागि मात्र बैंकमा लगानीको लागि जोडिनु भएको थियो ।
कोहीपनि बैंकभित्र बसेर केही परिवर्तन काम गरौँ भन्ने हिसाबले जोडिने गरेका थिएनन् । अहिले नेपाल राष्ट्र बैंकले सबै कुराको समाधान गरे पश्चात् बैंकिङ्ग क्षेत्र सुधारको बाटोमा लागेको हो । अहिले बैंकिङ्ग क्षेत्र सबैको रोजाइको बाटो बनेको छ । रोजगारीको लागि पनि राम्रो क्षेत्र सिर्जना भएको छ र साथै ‘प्रोफेसनल’ क्षेत्रको रूपमा बैंकिङ्ग क्षेत्र विकास भएको छ ।
अहिलेको परिवेशमा किन बैकिङ्ग क्षेत्र पुन विवादित बनिरहेको छ भनेर बुझ्दा कर्जाको प्रवाहमा केही समस्या देखिएको हो । लगानीकर्ताहरूले गर्दा कर्जा प्रवाहमा समस्या भन्ने सुनिएको छ तर केही केही व्यक्तिको कारण पूरै बैकिङ्ग क्षेत्र नै खराब भन्ने अवस्था छैन । थुप्रै व्यवसायीहरूले पाइरहेको कर्जा व्यवस्थाले के कस्तो लाभ भइरहेको छ पनि विचार गर्न आवश्यक छ । कर्जाको विषयमा यति धेरै विवाद गर्न आवश्यक छैन । यसले पुँजीमा समस्या ल्याउन सक्छ ।
राज्य र बैंकहरुको नीति निर्माणमा केही फरक भिन्नता आउँदा धेरै व्यवसायीहरू मर्कामा पर्ने वातावरण सिर्जना भएको भन्नेछ । यसमा बैंकले हतोत्साहित गरेको होइन । परियोजनाले थाम्न सक्नेभन्दा बढीको ब्याजदर हुने अवस्था आयो भने बैंकहरु हच्किनुपर्ने हुन्छ । त्यस्तो, अवस्थामा बैंकहरुले कुनै ‘एक्सन’ लिनुपर्ने हुन्छ । बैंकहरुले पनि ब्याज बढी लिन्छ भन्ने नकारात्मक भाष्य बढिरहेको छ । तर, बैंकिङ्ग क्षेत्रको सकारात्मक पक्ष र बैंकको पनि आफ्नो नीति नियममा नै बसेर काम गर्छ भन्ने बुझाई पछिल्लो समय कम छ । बैंकिङ्ग क्षेत्रको नकारात्मक पक्ष भन्दा सकारात्मक पक्ष बचाउन काम मिडियाहरूको हो ।

कर्जा व्यवस्थापन गर्न, रोजगारी सिर्जना गर्न, व्यवसायको पाटो सिर्जना गर्न सरकार, नेपाल राष्ट्र बैंक, बैंकहरु र वित्तीय कम्पनीबीच नङ र मासुको जस्तो सम्बन्ध छ । तर, एक अर्काप्रतिका नै राम्रो समन्वय नभएको खण्डमा बजारमा गलत भान परिरहेको हो । व्यवसायीहरूलाई पनि बैंकहरुले बढी ब्याज लिन्छ भन्ने बुझाई परेको छ जून सरासर गलत हो । बैंकहरुले अन्तिममा व्यवसायीहरूले ब्याज तिर्न नसकेको खण्डमा एक्सन लिने गर्छ ।
व्यवसायीले नै कहिलेकाहीँ परियोजनाको सम्भाव्यता थियो कि थिएन भन्ने आकंलन गर्न बिर्सन्छन् । त्यही भएर नै व्यवसायी र बैंकबीच विवाद आउने हो । समय समयमा फरक फरक परिवेश आइरहेको भएर हो सबै निकायबीच विभेद आउने । यसको लागि सबै निकायबीच समन्वय राम्रो हुन् आवश्यक छ । आफू कहिले लगानीकर्ताको भूमिकामा कहिले बैंकरको भूमिका निभाइरहँदा दुवै पक्षको समस्या नजिकबाट अवलम्बन गर्न पाइरहेको छु । समय अनुसार भूमिका फरक भएता पनि लक्ष्य देशको उत्पादन र आर्थिक पाटोमा जोडिने हुँदा कुनै पनि दुबिधा आउँदैन ।
(एनएमबी बैंकका अध्यक्ष मनोज गोयल, तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र: नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’)






About Us
प्रतिक्रिया