काठमाडौं – एकैदिन बैंकिङ्ग प्रणालीमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जेठ २१ गतेसम्म प्राणालीमा ६९ खर्ब ६६ अर्ब रहेको निक्षेप १५ अर्ब बढेसँगै ६९ खर्ब ६६ अर्ब पुगेको हो । प्रणालीमा निक्षेप बढ्न थालेसँगै कर्जा प्रवाहसमेत सामान्य सुधार भएकाे छ।
जेठ २२ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जेठ २१ गतेसम्म वित्तीय संस्थाले ५५ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेकामा पछिल्लो एक दिनमा २ अर्बले कर्जा बढेको छ ।
पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुले मात्रै २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । प्रणालीमा निरन्तर निक्षेप बढ्नथालेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५९ प्रतिशत रहेको छ ।
वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) अधिक हुँदा अन्तर बैंक दर ३. प्रतिशतमा आएको छ ।



About Us
प्रतिक्रिया