काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले २०७९/असार २८ गतेबाट ३ वर्षको लागि लकइन अवधि तोकेकोमा उक्त अवधि आउँदो असार २७ गते सकिने भएको छ । कम्पनीको ९० लाख कित्ता शेयर भन्दा माथिको लकइन अवधि १ महिनापछि सकिने भएको हो ।
जसमध्ये कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर लकइनमा रहेको छ ।
उक्त कित्ता शेयरको लकइन अवधि सकिएसँगै उक्त शेयरहरू कारोबार गर्न सकिनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया