महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – महालक्ष्मी  विकास बैंकले  विभिन्न व्यक्ति तथा संस्थाका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । 

यस अघि यस बैंकले विद्यामान संस्थापक शेयरधनीको लागि खुला गरेको उक्त शेयरमा खरिदका लागि निवेदन पर्ने नआएकाले बैंककले सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । 

बैंकको उक्त शेयर खरिद गर्न इच्छुकले यो  सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा यसै बैकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।