ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो स्वीकृति 


काठमाडौं – नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जर प्रक्रियाका लागि  सैद्धान्तिक सहमति प्रदान गरेको छ।  

केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर मर्जरको स्वीकृति दिएको हो । यी २ लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए । 

केन्द्रीय बैंकले जेठ २२ गते यी दुई कम्पनीलाई बै. वि. नि.वि /मर्जर २ /०८१/८२ को पत्र मार्फत मर्जरको स्वीकृति दिएको हो ।