काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले ‘देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन बैंकहरु सधैँ तयार रहेकाे बताएका छन् । सीईओ ज्ञवालीले ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’ को पहिलो सत्र ‘नेपालमा कर्जा बिस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकमा छलफल गर्दै सो बताएका हुन् ।
उनले नबिल बैंक सबै नेपाली नागरिकहरूको लागि सेवा दिने बैंक र विभिन्न जिल्लामा शाखा विस्तार भैसकेको बताए । ‘पहिला कर्पोरेट क्षेत्रमा मात्र लक्षित बैंक आज सबैको लागि सेवा दिइरहेको छ । बैंकहरुको लगानीको क्षेत्र हेर्ने हो भने लगभग १८ प्रतिशत जति छ उपभाेगमा ‘लोन’मा जान्छ, घरजग्गामा पनि ८ प्रतिशत जान्छ । कृषि कर्जामा पनि राम्रै गइरहेको हुन्छ, यसमा सदुपयोग के भइरहेकाे छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ’, उनले भने ।
बैंकहरुले सबै क्षेत्र हेरेर कर्जा प्रवाह गरिरहेका हुन्छन् । राज्यलाई सहायता पुग्ने गरि केमा काम गरेऊ भन्ने प्रश्न आउने खण्डमा हाइड्रो पावरकाे क्षेत्रकाे लगानीमा नबिल बैंक सधैँ अग्रस्थानमा रहेको उनले उल्लेख गरे । बैंकिङ्ग क्षेत्रकाे साे क्षेत्रमा पोर्टफोलियो ८ प्रतिशत छ भने नबिल बैंकको इनर्जी सेक्टरमा पोर्टफोलियो १० प्रतिशत हाराहारी पुग्न लागेको उनले बताए । नबिल बैंकले ३८ अर्ब उज्यालो बनाउनेमा गरेको छ भने पर्यटन, होटलहरुमा पनि नबिल बैंकको राम्रो लगानी छ ।

उनले भने ‘तसर्थ बैंकहरुलाई राम्रोसँग थाहा छ बैंकले गरेको लगानीको प्रतिफल वा यसको फाइदा के हो थाहा हुन्छ। बैंकले दिएको कर्जाले जीडीपीलाई योगदान गरेन उपभाेगमा ‘फाइनसिङ्ग’ गर्याै या अन्य क्षेत्रमा गर्याै यसमा बैंकहरु मात्र दोषी छैन । राज्यको आर्थिक गतिविधिमा अवश्य बैंकको भूमिका हुनुपर्छ तर बैंकहरुले पनि भूल्नु हुँदैन शेयरधनीहरू हुन्छन् ।’
‘त्यस्तो पक्षबाट पनि बैंकहरुले सोच्नुपर्ने हुन्छ र सबै बैंकहरुको पहुँच हरेक गाउँ गाउँमा पुगिसकेको छ । खाताको हिसाबले हेर्ने हो, पाँच करोड ४० लाख खाता खोलिएको छ,’ उनले भने । देशको आर्थिक गतिविधिलाई बढाउन सहयोग गर्न बैंकहरु सधैँ तयार रहेका छन् । तर, आत्मबल बढाउने, त्यसलाई व्यवस्थापन गर्ने र निर्देशन गर्ने काम सरकार र नियमनकारी निकायको रहेको उनले बताए ।






About Us
प्रतिक्रिया