निफ्रा स्थापनाको उद्देश्य बैंक र पूर्वाधारबीचको ‘ग्याप’ व्यवस्थापन गर्नु हो: सीईओ अधिकारी 


काठमाडौं – नेपाल इन्फ्राइस्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारीले  नेपाल इन्फ्राइस्टक्चर बैंक स्थापनाको उद्देश्य भनेको नेपालको बैंक र पूर्वाधारहरू बीचको ‘ग्याप’ लाई व्यवस्थापन गर्नु रहेको बताएका छन् ।

कमर्सियल बैंक र निफ्रा बिच खास भिन्नता भएन भन्ने विषयमा निफ्रालाई निश्चित निर्देशनहरू दिइएको छ, जसमा  १३ क्षेत्रमा लगानी गर्न सक्ने प्रावधान दिइएको उनले जानकारी गराए ।

तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’ को पहिलो सत्र ‘नेपालमा कर्जा बिस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकहरूमा छलफल गर्दै सो बताएका हुन् ।    

नवीकरणीय ऊर्जा, हस्पिटलहरूमा लगानी गरिरहेका उनले उल्लेख गरे । ‘जसको लागि ठुलो धनराशिको आवश्यकता परेको खण्डमा वाणिज्य बैंकहरुमा सहकार्य गरिरहेका हुन्छौ,’ उनले भने, ‘वाणिज्य बैंकहरुले नगरेको लगानीमा निफ्राले पहल गर्न खोजिरहेको अवस्थामा केही नीतिगत वाधाले अकडिएको हो । ’

लगानीको माध्यम बढाउनको लागि धेरै नीति नियम आवश्यक हुन्छ । ‘पब्लिक प्राइभेट इनिसिएटिभ’को उदाहरण दिन चाहन्छु निफ्राले पब्लिक प्राइभेट इनिसिएटिभुको उदाहरण दिन चाहिरहेको बताउँदै कोसी प्रदेशको सरकारसँग समन्वय गरेर निजी क्षेत्र र कोसी प्रदेशलाई समन्वय गर्ने गरेर पर्यटन व्यवसायलाई मध्यनजर गर्दै धरानमा पर्यटन क्षेत्र निर्माण गरिरहेको बताए ।