‘बैंक तथा वित्तीय संस्थाबाट सहयोग नपाएर व्यवसाय अघि बढाउन नै समस्या भने भोग्नुपरेन’


काठमाडौं – फुडमान्डुका संस्थापक मनोहर अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट सहयोग नपाएर व्यवसाय अघि बढाउन नै समस्या भने नआएको बताएका छन् ।

तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’ को दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा बोल्दै उनले कुनै समयमा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्ने क्रममा केही चुनौती भने सामना गर्नुपरेको बताएका हुन् । 

विभिन्न किसिमका चुनौती सिर्जना हुनुको कारण नीतिगत विषय पनि रहने भन्दै ८० प्रतिशत समस्या व्यवहारिक तरिकाले पनि सिर्जना भएको बताउँछन् । उनले कम्पनी सुरुवातको समयमा विभिन्न किसिमका समस्या भोग्नुपरेको बताउँछन् । कतिपय समयमा नियत राम्रो हुँदाहुँदै पनि नियामकले निर्णय गर्न नसक्दा केही समस्या सिर्जना भएको अधिकारी बताउँछन् ।