राष्ट्र बैंकको पहलमा बैंकिङ्ग क्षेत्र ‘प्रोफेसनल सेक्टर’को रूपमा परिणत भएको छः अध्यक्ष मनोज गोयल 


काठमाडौं  – एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले नेपाल राष्ट्र बैंकको पहलमा बैंकिङ्ग क्षेत्र ‘प्रोफेसनल सेक्टर’को रूपमा परिणत भएको  बताएका छन । बैंकको सुरुवाती चरणमा बैंक भनेको सरकारी मात्र हुनुपर्छ भन्ने धारणामा रहेको र कुनै पनि निजी क्षेत्र समावेश हुनुहुँदैन भन्ने धारणा रहेको बताएका छन् । पन्तले  तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकहरूमा छलफल गर्दै सो बताएका हुन् ।   

उनले केही समय अगाडि पनि लगानी कर्ताहरूले प्रतिफलको लागि मात्र बैंकमा लगानीको लागि जोडिने प्रचलन रहेको बताएका छन् । ‘कोही पनि बैंक भित्र बसेर केही परिवर्तन काम गरौँ भन्ने हिसाबले जोडिने गरेका थिएनन् । अहिले नेपाल राष्ट्र बैंकले सबै कुराको समाधान गरे पश्चात् बैंकिङ्ग क्षेत्र सुधारको बाटोमा लागेको हो ।’ उनले बताए  । अहिले बैंकिङ्ग क्षेत्रको सबैको रोजाइको बाटो बनेको र रोजगारीको लागि पनि राम्रो क्षेत्र सिर्जना भएको उनले उल्लेख गरे ।

उनले भने ‘अहिलेको परिवेशमा किन बैकिङ्ग क्षेत्र पुन विवादित बनिरहेको छ भनेर बुझ्दा कर्जाको प्रवाहमा केही समस्या देखिएको हो । लगानीकर्ताहरूले गर्दा कर्जा प्रवाहमा समस्या भन्ने सुनिएको छ तर केही केही व्यक्तिको कारण निमोनियाको नै औषधि दिनुपर्ने जस्तो अवस्था नहुन पनि सक्छ । ’ थुप्रै व्यवसायीहरूले पाइरहेको कर्जा व्यवस्थाले के कस्तो लाभ भइरहेको छ पनि विचार गर्न आवश्यक रहेको छ । कर्जाको विषयमा यति धेरै विवाद गर्न आवश्यक छैन यसले पुँजीमा समस्या ल्याउन सक्ने उनले बताए ।