काठमाडौं – नेपाल लगानी बोर्डका पूर्व सीईओ तथा भीरक एन्ड कम्पनीका अध्यक्ष राधेश पन्तले जून हिसाबमा देशको विकास हुनुपर्ने त्यो नभएको बताएका छन् । कर्जा प्रवाह जुन ठाउँ सम्म पुग्नुपर्ने हो त्यहाँ सम्म विस्तार हुन् नसकेको कारण पनि देशको विकासमा ढिलाइ भइरहेको उनको जिकिर छ ।
पन्तले तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकहरूमा छलफल गर्दै सो बताएका हुन् । उनी भन्छन्, ‘नेपालमा सुरुदेखि नै बैंक, बैंकरहरुमा घरजग्गा बिना कर्जा दिनुहुँदैन भन्ने बानी परेको छ । जसको कारण त्यही व्यवस्था अनुसार नै काम भइरहेको छ । तर यसले गर्दा कुनै पनि इनोभेसन भइरहेको छैन । धेरै क्षेत्रहरू छन् जसको लागि कर्जा रूपान्तरण गर्न सकिन्छ ।’

सरकार र राष्ट्र बैकले पनि साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्ने योजना बारम्बार सुनाइरहेको हुन्छ तर त्यस्ता अवस्थामा उनीहरू सँग घरजग्गा नहुन पनि सक्छ । त्यस्तो बेला कर्जा कसरी व्यवस्थापन गर्ने भन्ने योजना हुनुपर्ने उनको भनाई छ ।
ठुला व्यवसायीहरूको लागि सहज कर्जा दिने व्यवस्था र साना तथा मझौला व्यवसायीहरूलाई असहज .वातावरण भएको कारण पनि कर्जाको सही रूपान्तरण नभएको जस्तो देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि नीति निर्माण गर्दा केही वर्षमा वित्तीय क्षेत्र कस्तो हुनुपर्छ भनेर योजना बनाएर अघि बढ्ने हो भने वित्तीय क्षेत्रको सबै सानो सानो समस्या समाधान हुने उनले बताए ।





About Us
प्रतिक्रिया