काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजारले घटेको छ ।
यससँगै सुन आज तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया