काठमाडौं –नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ऋणपत्रमा आवेदन दिने आज (जेठ २५) गते अन्तिम दिन हो । कम्पनीले जेठ १८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा व्यक्तिगत तवरबाट मागभन्दा बढी आवेदन परेकाले कम्पनीले उक्त ऋणपत्रमा बैंकिङ्ग समय पश्चात् आवेदन लिने कार्य बन्द गर्ने भएको छ ।
कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गरेको हो । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अङ्कित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीले अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने गरी आवेदन खुला गरेको थियो । कम्पनीको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएबी एस क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया