बैंकिङ्ग प्रणालीमा तरलताको चाप यथावत्ः २५ अर्ब तान्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज जेठ २५ गते बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ। यो ४२ दिने निक्षेप संकलन उपकरणको साउन ४ गते गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। जेठ लागेपछि केन्द्रीय बैंकले पहिलो पटक तरलता प्रशोचन गर्न लागेको हो ।