काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले खराब कर्जा बढ्दै जाँदा गैह्र बैंकिङ्ग सम्पत्ति पनि बढ्दै गइरहेको बताएका छन् । बैंकिङ्ग समाचारको आयेजनामा भएको तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले खराब कर्जालाई नियन्त्रण गर्न नसकिएको बताएका हुन् ।
उनले बैंकिङ्ग क्षेत्रले स्थानिय तहहरुबाट पनि खासै सहयोग नगरेको समयमा बजेटले केहि रुपमा भए पनि संबोधन गर्ने प्रयास गरेको बताए । उनले बैंकर्स संघले पहिलेदेखि नै माग गर्दै आएको खराब कर्जा व्यवस्थापन कम्पनी सञ्चालनका विषय समेत बजेटमा समावेश भएको भन्दै यस अवस्थामा उक्त कम्पनी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
डिजिटल भुक्तानीमा कर लाग्दा सर्वसाधारण धेरै मर्का परिरहेका थिए । जसलाई बजेटमार्फत डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेगरी कर हटाउँने विषय समावेश हुने निकै समारात्मक भएको बताए । उनले डिजिटल भुक्तानीमा लागेको करलाई नेपाल राष्ट्र बैंकले नै पनि गम्भिर रुपले हेर्दा बजेटमा यस विषयको उठान भएको उनको बुझाई छ ।

‘बजेटमा नियो बैंकको २०८२/८३मा स्थापना हुने कुरा उठाएको छ । जसलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै समावेश गरेर अगाडि बढाउने छ जस्तो लाग्छ’ उनले भने । उनकाअनुसार बजेटमा समस्यामा परेका उद्योगीहरुलाई भएका पुनसंरचना र पुनतालिकीकरण गर्ने विषय समेत बजेटमा समावेश भएको समयमा केन्द्रीय बैंकको मौद्रिक नीतिले पनि केही सहजता यसमा पक्कै गर्नेछ । वर्किङ्ग क्यापिटको सुविधा दिने कुरा बजेमा उठेको छ यसलाई मौद्रिक नीतिमा समावेश गर्नुपर्छ । उनले मौद्रिक नीति आउँदा सबै कुराहरु समाधान लिएर आउनुपर्ने भन्दै आउँदो मौद्रिक नीतिले सम्पूर्ण समस्याहरुलाई सहज हुने आशा व्यक्त गरेका छन् । उनले बैंकिङ्ग क्षेत्रको आर्थिक स्थिति गिरावट तर्फ गई रहेको बताए ।
उनले बैंकिङ्ग क्षेत्रमा अत्यधिक तरलता रहेको बताउँदै तरलता व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।






About Us
प्रतिक्रिया