काठमाडौं – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले दिगो विकास र समृद्धिको लागि सरकारले लिएको उद्देश्य हासिल गर्न तथा समग्र वित्तीय स्थायित्वको लागि तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श कार्यक्रमले सहयोग पुगेको बताएकी छिन् । उनले तेस्राे नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले अवलम्बन गर्ने मौद्रिक नीतिको कार्यान्वयनमा डिस्कोशले बैंकिङ्ग क्षेत्रको प्रवर्द्धनमा डिस्कोर्शले प्रभावकारी भूमिका खेलेको बताएकी हुन् ।
यस कार्यक्रमको पहिलो सत्र ‘नेपालमा कर्जा विस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू रहेको छ । नेपालको पछिल्लो समय वित्तीय क्षेत्रको सुधारमा बैंक क्षेत्र पनि रहेको छ। यस अवस्थामा बैंकको आकार, अवस्था, प्रकृति वा सेवा प्रदानको तरिकामा व्यापक परिवर्तन भएको छ । उनको अनुसार सहर क्षेत्रमा केन्द्रित बैकिङ्ग सेवा नागरिकको घर दैलोमा पुगेर खाता हुनेको संख्या करिब तीन चौथाइ पुगेको छ ।
बैंक तथा वित्तीय क्षेत्रबाट कर्जालाई उत्पादनमा बैंकले प्रवाह गर्ने निश्चित हिस्सा कृषि,ऊर्जा घरेलु लघु साना मझौला उघोग लगायतको क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । यी प्राथमिकता क्षेत्रहरूमा प्रवाह गर्नुपर्ने हिस्सालाई वार्षिक रूपमा नेपाल राष्ट्र बैंकले बढाउँदै २०८४ मा वाणिज्य बैंकहरुले ४४ प्रतिशत विकास बैंकहरुले २० प्रतिशत वित्त कम्पनीहरूले १५ प्रतिशत पुर्याउनु पर्ने पनि व्यवस्था गरिएको छ । यसैगरी सीमान्तकृत वर्गको पहुँच बढाउन विपन्न कर्जाका क्षेत्रको किटान गरी आफ्नो कूल कर्जाको ५ प्रतिशत प्रत्यक्ष रूपमा आफैले र अप्रत्यक्ष रूपमा लघु संस्थाले कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ ।
विगतको वर्षमा कर्जाको प्रवाह उल्लेख्य रूपमा हुँदा समेत आर्थिक वृद्धिदर भने न्यून नै रहेको तथ्य हामी सामु रहेको छ । यस्तो अवस्थालाई चिर्दै प्रतिफलमुखी बनाउने विषयहरूमा नेपाल राष्ट्र बैंक चासो राख्दै आइरहेको छ । नेशनल बैंकिङ्ग डिसकोर्स कार्यक्रमको छलफलमा पनि कर्जाको विभिन्न विषयमा छलफल विश्लेषण हुने अपेक्षा रहेको छ ।

यस कार्यक्रमको दोस्रो सत्र छलफलको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी ’शीर्षकको छलफल हुने भएको छ । देशको ठुलो जनसख्या विदेशमा पसिना बगाइरहेको परिवेशमा देशले समृद्धिको अवसर गुमाइरहेको अवस्था छ । देशमै रोजगारी सिर्जना गर्ने,आय स्तर वृद्धि गर्ने, गरिबी निवारण गर्ने अस्त्रको रूपमा लघु घरेलु तथा साना उघोगले भूमिका खेल्न सक्छ ।
अर्थतन्त्र विस्तारमा सकारात्मक हस्तक्षेप गनृ सक्ने साना तथा घरेलु उधोगलाई प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रभाव हुने कर्जाको लागि विभिन्न व्यवस्था गरिरहेको पनि जानकारी गराउँदछु । वाणिज्य बैंकहरुले कुल ११ प्रतिशत हिस्सा साना तथा मझाैला उघोगहरुमा कर्जा प्रवाह गरेको देखिन्छ । यस छलफलमा पनि साना तथा घरेलु उघोगहरुको विषयमा गहन छलफल गर्न सकिने छ । र यस कार्यक्रमबाट उठेका प्रतिक्रिया र सुझाव राष्ट्र बैंकले पनि अनुकरण गर्ने छ ।

त्यस्तै, यो कार्यक्रमको तेस्रो सत्रमा ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो बैंकको नियमाकीय अवधारणा शीर्षक रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था सँग प्रतिस्पर्धा गर्दै फिनटेक कम्पनीहरू उदयमान रहेका छन् । यस्ता कम्पनीहरूले डाटामा काम गरेर व्यवस्थित रूपमा बैंकहरुले सेवा पुर्याउन नसकेको वर्ग र क्षेत्रमा पनि सेवा पुर्याउन सहयोगी भूमिका खेलिरहेका छन् बैंकको शाखा पुग्न नसकेको ठाउँमा प्रविधि मार्फत वित्तीय सेवा विस्तार गर्दै फिनटेक नवप्रवद्धनले वित्तीय समावेशीलाई मुख्य ध्यान दिएका छन् ।
वर्तमान समयमा बढ्दो प्रविधिको समयमा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि अनुकरण गरी दुवै पक्ष निकै आवश्यक रहेको छ । नेपालमा फिनटेक क्षेत्रलाई थप सक्रिय बनाउन ‘डिजिटल फाइनान्स हबको सञ्चालन गर्नुको साथै फिनटेक रणनीति समेत बनाउने योजना रहेको छ । यस कार्यक्रमकाे चौथो सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारीमा छलफल रहेको छ । समष्टिगत आर्थिक स्थायित्वसहितको दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न वित्त नीति र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अहम् समन्वयकारी भूमिका हुन्छ । यस सत्रमा पनि यो कुराहरूमा गहन छलफल हुने अपेक्षा रहेकाे ढुंगानाले बताइन् ।






About Us
प्रतिक्रिया