काठमाडौं – डेभलमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले बजेटले ल्याएको एकीकृत केवाइसीको योजनाले बैंकिङ्ग क्षेत्रलाई थप प्रभावकारी बनाउने बताएका छन् । बैंकिङ्ग समाचारले आयोजना गरेको तेस्रो बैंकिङ्ग डिस्कोर्शमा उनले यस्तो बताएका हुन् । केवाइसीले बैंकिङ्ग क्षेत्रलाई सहज बनाउने उनले बताए । उनले केवाइसी योजना जस्ता अन्य योजनाहरू बजेटका माध्यमबाट ल्याइदिएमा सम्पूर्ण आर्थिक क्षेत्रलाई राम्रो असर गर्ने बताए । उनले भने बैंकर र व्यवसायी छुट्टाउने कुरा केही पेचिलो भएको छ।
यस्ता विषयमा काम गर्दा लामो समय लिएर गर्नुपर्ने उनी बताउँछन् । दुरगार्मी हिसाबले हेर्दा देशलाई अगाडि बढाउन एक बिन्दुमा गएर बैंकर व्यवसायीलाई छुट्टाउन एकदमै जरुरी हुने उनले बताए । संसारभरीको बैंकिङ्ग क्षेत्र हेर्न हो भने सायद धेरै व्यवसायीहरू बैंकिङ्ग क्षेत्रमा संलग्न भएको नदेखिने उनले बताए ।
बैंकिङ्ग क्षेत्र र देशको लागि महत्त्वपूर्ण विषय भनेको नै मानव संसाधन रहेको उनले बताए । मानव संसाधनमा जसरी युवा वर्ग पलायन भइरहेको छ, जसको असर अन्य क्षेत्रहरूमा देखिएको उनले बताए । साथै, बैंकिङ्ग क्षेत्रमा यसको प्रभाव झन् धेरै परेको उनले बताए । हिजोका दिनमा आफू र आफू जस्ता व्यक्तिहरूले कर्मसियल बैंकको कारणले गर्दा देश छाड्नु नपरेको र देशमा नै बसेको उनले बताए । तर, पछिल्लो समयमा देशको स्थिति फरक भएको उनी बताउँछन् ।
बैंकमा प्रवेश गर्ने मात्र नभएर बैंकमा काम गर्ने कर्मचारीको डेटा नै डर लाग्दो अवस्थामा रहेको उनले बताए । उनका अनुसार साँग्रिला बैंकमा नै अन्तिम महिनासम्ममा बैंक छाड्ने कर्मचारीमा ४० प्रतिशत विदेश जानका लागि छाडेको पाइएको उनले बताए । त्यसैले विदेश पलायन रोक्न बैंककाे भूमिकाको विषयमा परार्मश गर्न आवश्यक रहेको उनले बताए । जसमा बैंक तथा वित्तीय संस्थाहरूले परामर्श गरी रहँदा निश्चित काममा भन्दा बाहिर गएको उनले बताए । उनले भने, ‘हाम्रा कर्मचारीहरूलाई चाहिनेभन्दा बाहिर काम गर्ने र गराउने प्रविधिमा धेरै कन्टोल नगरेमा वर्क लाइफ र व्यक्तिगत जीनमा बालेन्स हुँदैन ।’





About Us
प्रतिक्रिया