तेस्रो बैंकिङ्ग डिस्कोर्श सफलतापूर्वक सम्पन्न, प्रतिवेदन नियामक निकायमा बुझाइने


काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ सफतापूर्वक सम्पन्न भएको छ । काठमाडौंको म्यारियट होटलमा आयोजना भएकाे डिस्कोर्शको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा डिस्काेर्श सम्पन्न भएकाे हाे ।

डिस्काेर्शमा नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र रहेका थिए ।

यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक सत्रमा सम्बन्धित निकायका व्यक्तित्वहरू सँग छलफल भएको थियो ।

साथै, डिस्काेर्शमा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग बैंकिङ्ग समाचार डटकमका प्रवन्धक निर्देशक राजु ढुंगेलले ‘विशेष सत्र’ सञ्चालन गरेका थिए । जुन सत्रकाे नाम पूर्व अर्थमन्त्रीसँग वित्तीय सवाल रहेको थियो ।

साथै, बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलकाअनुसार डिस्कोर्शमा उठेका विषयलाई समेटेर प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाइनेछ । सत्रका छलफलका क्रममा भएको डिस्कोर्शमा सहभागीले जिज्ञासाहरू समेत राखेका थिए । डिस्कोर्शमा सहभागीहरुले समेत समयसापेक्ष यस्ता कार्यक्रम आयोजना हुँदा नीति निर्माता लगायत नियामकलाई नियमनमा समेत सहज हुने बताए ।

डिस्कोर्शको मुख्य प्रायोजकका रुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरु समेत रहेका छन्।