राष्ट्र बैंकको सूचना अधिकारीमा सुमन न्यौपाने

राष्ट्र बैंकको सूचना अधिकारीमा सुमन न्यौपाने


काठमाडौं – नेपाल राष्ट्र बैंकको सूचना अधिकारीमा सुमन न्यौपाने नियुक्त भएका छन् । चैत ४ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा न्यौपाने नियुक्त भएका हुन् ।

न्यौपाने २०६४ सालदेखि राष्ट्र बैंकमा आवद्ध छन् । उनी यसअघि आर्थिक अनुसन्धान विभागका डेपुटी निर्देशकको रुपमा कार्यरत थिए ।

हालका सूचना अधिकारी डा. डिल्लीराम पाेखरेल गभर्नरको कार्यालय पुगेका छन् । उनी गभर्नर कार्यलयकाे कायम मुकायम कार्यकारी निर्देशकको भूमिकामा रहनेछन् ।