काठमाडौं – नेपाल बैंकर्स एशोशियसनका अध्यक्ष सन्तोष कोइरालाले खराब कर्जा बढ्दै गएको भन्दै नाफामा पनि त्यसको प्रभाव परेको बताए । आज पत्रकार भेटघाट कार्यक्रममा उनले बैंक र ऋणीबीचको सम्बन्ध सन्तोषजनक रहेको बताएका हुन् ।
‘बैंक र ऋणीबीचको सम्बन्ध ऋण तिर्दासम्म राम्रो हुन्छ, तर ऋण तिर्न नसक्ने अवस्थामा यो सम्बन्ध बिग्रने खतरा रहन्छ,’ उनले भने । उनले उर्जाको क्षेत्रमा लगानी बढ्दै गएको भन्दै अब कर्जाको मागमा सुधार आउने बताएका छन् । उनले सरकारले गर्ने खर्चको लक्ष्य प्राप्त गर्न नसक्दा पनि केही समस्या सिर्जना भएको बताए ।
उनले नेपालमा लगानीमैत्री वातावरण बन्न थालेको हो कि भन्ने आशा गर्न सकिने बताएका छन् । ‘अहिले सरकारले पनि विभिन्न अध्यादेशबाटै नयाँ–नयाँ कुरा ल्याइरहेको छ’, उनले भने, ‘यसले नेपालमा लगानीमैत्री वातावरण बन्न थालेको हो कि भन्ने आशा गर्न सकिन्छ।’
प्रतिक्रिया