काठमाडौ – नेपाल – फोरफ्रन्ट इन्जिनियरिङको आयोजनामा नेपालमा पहिलो पटक आयोजित स्केचअप कोन्क्लाभ २०२४ सम्पन्न भएको छ। यस कनक्लेभले डिजिटली निर्माण प्रविधि, विशेषगरी स्केचअप सफ्टवेयरको प्रयोगमा आधारित नवीनतम प्रविधिहरू र व्यावसायिक अभ्यासहरू उजागर गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र राज पाण्डेले विशेष सम्बोधन गरेका थिए । उनले भने, ‘पहिलेका समयमा हातले नै डिजाइन बनाइन्थ्यो, तर अब यस्ता प्रविधिहरूले डिजाइन प्रक्रियालाई सहज, द्रुत र प्रभावकारी बनाएका छन् । यस्ता उपकरणहरूको प्रयोगलाई अझ व्यापक र प्रभावकारी बनाउन आवश्यक छ ।’ उनले निर्माण क्षेत्रलाई डिजिटल उपकरणहरूमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिए ।
फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्धक सुधिर थापाले भने, ‘स्केचअपको विश्वासिलो साझेदारको रूपमा, हामी सफ्टवेयर मात्र होइन, यसको प्रयोगलाई अधिकतम बनाउनका लागि प्राविधिक सहयोग पनी प्रदान गर्न प्रतिबद्ध छौँ । हामी इन्जिनियरिङ फर्महरू र शैक्षिक संस्थाहरूमा अनुकूलित तालिम तथा शिक्षा कार्यक्रमहरू प्रदान गर्छौँ, जसले सफ्टवेयरको पूर्ण क्षमताको उपयोग गर्न आवश्यक सीप दिन्छ ।’
कार्यक्रममा नेपाल इंटेरियर डिज़ाइनर्स एसोसिएसन, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, र फेडेरेसन अफ कन्क्ट्रयाक्टर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।
प्रतिक्रिया