काठमाडौं – सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि सेवा बन्द गर्ने भएका छन् । सार्वजनिक विदाको सूचना नआउँदै कार्यालय पुगेका कतिपय बैंकर सेवा बन्द गर्ने भएसँगै घर फर्किएका हुन् ।
बैंक तथा वित्तीय संस्था बन्द हुँदा पनि कार्यलय पुगिसकेकाले कोहि भने काम गर्ने कि नगर्ने अलमलमा कार्यलय मै बसिरहेका छन् । ‘आज सरकारले नसोचेको तरिकाले बिदा दियो’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा एक वाणिज्य बैंकका उच्च अधिकारीले भने, ‘ धेरै साथिहरु घर फर्किसक्नु भयो हामी चाहिँ काम गर्ने कि घर जाने अलमलमा छौं ।’
अब बैंक तथा वित्तीय संस्था मंगलबार खुल्नेछन् । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
प्रतिक्रिया