योजना आयोगको सदस्यमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठ नियुक्त

योजना आयोगको सदस्यमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठ नियुक्त


काठमाडौं– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

त्यस्तै, सरकारले आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।