२९ अर्ब ६६ करोडकाे आन्तरिक ऋण नवीकरण गर्दै सरकार

२९ अर्ब ६६ करोडकाे आन्तरिक ऋण नवीकरण गर्दै सरकार


काठमाडौं- सरकारले २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि अर्थात् असार १७ गते २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयले २८ दिने ८ अर्ब रुपैयाँ, ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने जनाएको छ ।

सो ट्रेजरी बिलको बोलकबोल १७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।