काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ सुरु भएको छ । काठमाडौंको हायत रिजेन्सीमा सुरु भएको डिस्कोर्सको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगानाले गरेकी हुन् ।
उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।
साथै, सो कार्यक्रममा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुनेछ।
प्रतिक्रिया