केन्द्रीय बैंकले माग्यो आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव

केन्द्रीय बैंकले माग्यो आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव


काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज एक सूचना जारी गर्दै राय सुझाव माग गरेको हो ।

राष्ट्र बैंकले असार १६ गते भित्र आफ्नो राय सुझाव पेस गर्न सरोकारावालालाई आग्रह गरेको छ । राष्ट्र बैंकले साउन १५ गतेभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका साथै सुझाव माग गरेको हो ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको जनाएको छ । केन्द्रीय बैंकले सरोकारवालाबाट प्राप्त सुझावलाई समेत प्राथमिकतामा राखेर मौद्रिक नीति सार्वजनिक गर्ने बताएको छ ।