काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा बढेको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले जेठ १८ गते भने वित्तीय संस्थाहरुबाट ६२ खर्ब २७ अर्ब निक्षेप संकलन भएको देखाएको हो। जेठ १७ गते भने बैंक तथा वित्तीय संस्थाहरूबाट ६२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस तथ्यांकलाई हेर्दा एक दिनमा ८ अर्बले निक्षेप संकलन बढेको देखिन्छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकमा पनि निक्षेप संकलन बढ्दै गइरहेको छ। गत १८ गते वाणिज्य बैंकहरुबाट ५५ खर्ब ११ अर्ब निक्षेप संलकन भएको छ । तर अघिल्लो दिन बिहीबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब ४ अर्ब निक्षेप संकलन गरेका थिए।
त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह स्थिर रहेको देखाएको छ। बिहीबार ५१ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेकोमा शुक्रबार पनि ५१ खर्ब २३ अर्ब नै कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। साथै सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाहमा पनि स्थिर नै देखिएको । गत बिहीबारसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेका थिए भने शुक्रबार पनि सोही रकम बराबरकाे कर्जा प्रवाह गरेकाे छ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ८०.०८ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर तल २.९७ प्रतिशत कायम भएको छ। अघिल्लो दिन भने अन्तर बैंक ब्याजदर २.९७ प्रतिशत नै कायम भएको थियो ।
प्रतिक्रिया