के हो कोर बैंकिङ्ग प्रणाली ?

के हो कोर बैंकिङ्ग प्रणाली ?


काठमाडौं– कोर बैंकिङ्ग प्रणालीले बैंकमा काम कसरी गर्ने भनेर सिकाउने काम गर्दछ । कोर बैंकिङ्ग प्रणाली एक सफ्टवेयर हो । बैंकहरुले हिसाब मिलाउन, राफसाफ सेटलमेन्ट कसरी गर्ने भन्ने विषयमा कोर बैंकिङ्ग प्रणाली प्रयोग गर्छन् ।

साथै, यस सफ्टवेयरले बैंकलाई लेनदेनहरू सञ्चालन गर्न, रेकर्ड राख्न, ग्राहकका खाताहरू व्यवस्थापन गर्न, निक्षेपहरूको सुरक्षा र व्यवस्थापन गर्न र अन्य बैंकिङ्ग कार्यहरू सम्हाल्न सहयोग पुर्याउँछ ।

यस अनलाइन बैंकिङ्ग प्लेटफर्महरू, एटीएमहरू, भुक्तानी गेटवेहरू र लेखा प्रणालीहरू जस्ता अन्य प्रणालीहरूको पनि कामको मुल्यांकन गरेको हुन्छ । बैंकहरूले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवाहरू प्रदान गर्न, सञ्चालनलाई सुव्यवस्थित बनाउन, वित्तीय उद्योगमा प्रतिस्पर्धी रहन बलियो र प्रभावकारी कोर बैंकिङ्ग प्रणाली आवश्यक हुन्छ ।

कोर बैंकिङ्ग सिस्टमले बैंकलाई ग्राहकले बैंकिङ्ग सेवा प्रयोग गर्न सक्ने सहजता प्रदान गर्दछ । हाल नेपालका बैंकहरुले कोर बैंकिङ्ग सिस्टम अन्तर्गत रहेर पोमोरी सिस्टम प्रयोग गर्दै आएका छन् ।