बैंकहरुले नौ महिनामा गरे ३५ खर्ब बढिको अन्तर–बैंक कारोबार

बैंकहरुले नौ महिनामा गरे ३५ खर्ब बढिको अन्तर–बैंक कारोबार


काठमाडौं– बैंक तथा वित्तीय संस्थाबिच हुने (अन्तर–बैंक) कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३५ खर्ब ८ अर्ब ४ करोडको अन्तर–बैंक कारोबार गरेका हुन् ।

जसमा वाणिज्य बैंकहरुले ३१ खर्ब ८६ अर्ब ४४ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) ले ३ खर्ब २१ अर्ब ६० करोड अन्तर–बैंक कारोबार गरेका छन् ।

त्यस्तै, अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले २७ खर्ब १५ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ६६ अर्ब ७९ करोड गरी कुल २९ खर्ब ८२ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार गरेका थिए ।