काठमाडौं – नेपाल राष्ट्र बैंक २४ अर्ब बढी रकम बैंक तथा वित्त कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरूमा रहेको रकम लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले कुल २४ अर्ब ८३ करोड ६७ लाख लगानी गर्न लागेको हो । जसमध्ये वाणिज्य बैंकका लागि १९ अर्ब ८६ करोड ९४ लाख, राष्ट्रियस्तरका विकास बैंकका लागि ३ अर्ब ७२ करोड ५५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ अर्ब २४ करोड १८ लाख छुट्याइएको छ ।
यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने बैंकले समय समयमा निर्धारण गरे बमोजिमको न्यूनतम कुल पुँजीकोष अनुपात कायम गरेको हुनुपर्नेछ । निष्कृय कर्जा ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनपर्नेछ ।







About Us
प्रतिक्रिया