नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ४ अर्ब ८७ करोड


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.२३ अंकले बढेर बजार २६ सय ३४ दशमलव १७ को बिन्दुमा बन्द भएको छ। बजार बढेसँगै कारोबार रकम समेत बढेर ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३३ लाख ७३ हजार कित्ता शेयर किनबेच भएको छ।

आज १७२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २० करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.८२ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, बेनी हाइड्रोपावर पोजेक्टका लगानीकर्ताले १२.४६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा हिमालयन एभेष्ट इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.९८ प्रतिशतका दरले गुमाएका हुन्।