प्रि ओपन सेसनमा ०.१५ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.१५ अंकले बढेर बन्द भएको छ। यस सेसन भरिमा ५ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ५४ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ।

त्यस्तै, १५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।