प्रि ओपन सेसनमा ७.२१ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२१ अंकले बढेर बन्द भएको छ। यस सेसनमा १२ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ३ हजार १२३ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।