काठमाडौं – नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा हुन सक्ने साइबर ठगी तथा स्क्याम नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।
सार्वजनिक बिदाको अवधिमा विद्युतीय माध्यमबाट हुन सक्ने आर्थिक ठगीका घटनामा कारोबार विवरण समयमै उपलब्ध गराउन, शंकास्पद खाता तथा कारोबार पहिचान गर्न र आवश्यक परे तत्काल रोक्का गर्ने प्रक्रियालाई सहजीकरण गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो। यससँगै बैंक तथा वित्तीय संस्थाहरूले तोकिएका फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर तथा २४ सै घण्टा अनुगमन हुने ड्युटी/अनकल इमेल ठेगानाको विवरण नेपाल प्रहरी प्रधान कार्यालयमा उपलब्ध गराउनुपर्नेछ।
उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगानामा पठाउन राष्ट्र बैंकले आग्रह गरेको छ।






About Us
प्रतिक्रिया