काठमाडौं – सबैभन्दा बढी कृषि कर्जा काठमाडौं जिल्लामा परिचालन हुने गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार २०८३ असार मसान्तसम्म प्रदेशमा प्रवाह भएको कुल कृषि कर्जामध्ये काठमाडौं जिल्लाको हिस्सा ५२.५३ प्रतिशत रहेको छ।
यस्तै, चितवनमा २१.७१ प्रतिशत, मकवानपुरमा ४.७६ प्रतिशत, काभ्रेपलाञ्चोकमा ४.१४ प्रतिशत र ललितपुरमा ४.०१ प्रतिशत कर्जा प्रवाह भएको तथ्यांकले देखाएको छ। समीक्षा अवधिमा भक्तपुरमा २.४१ प्रतिशत, धादिङमा ३.३७ प्रतिशत, नुवाकोटमा २.६५ प्रतिशत, सिन्धुपाल्चोकमा ०.५४ प्रतिशत, सिन्धुलीमा १.५८ प्रतिशत, रामेछापमा ०.५६ प्रतिशत, रसुवामा ०.५४ प्रतिशत र दोलखामा ०.३८ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ।
समीक्षा अवधिमा बागमती प्रदेशमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो वर्षको तुलनामा ०.९१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष भने यस्तो कर्जा १.२० प्रतिशतले वृद्धि भएको थियो।






About Us
प्रतिक्रिया