नेप्सेमा १७.१५ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ८२ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.१५ अंकले बढेर बन्द भएको हो। यससँगै बजार २५ सय ९१ दशमलव ८० को बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन कारोबार रकम समेत बढेर ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, १ करोड २८ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३५३ कम्पनीको कारोबार हुँदा १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यस्तै, घलेम्दी हाइड्रोको २० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा रिज लाइन इनर्जीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले गुमाएका छन्।