नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब १३ करोड


काठमाडौं – आज साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ। आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड ९१ लाख रुपेयाँको शेयर कारोबार भएको छ। लिबर्टी इनर्जीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। हिमाल दोलखाको ९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका हुन्। सालपा विकास बैंकका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन्। हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन्।