नेप्सेको सीईओका लागि ४ जना सर्टलिस्टमा, को-को परे ?


काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि चार जना सर्टलिस्टमा परेका छन् । अर्थ मन्त्रालयअन्तर्गत गठित नेप्सेको सीईओ छनौट तथा सिफारिश समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि आवेदन दिएका आठ जनामध्ये चार जनालाई सर्टलिस्ट गरेकाे हो ।

नेप्सेको सीईओ बन्न आवेदन दिएकामध्ये सर्टलिस्टमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी परेका छन् । उनीहरुको नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २३ गते अर्थ मन्त्रालयमा हुनेछ ।