विदेशी मुद्रा सटहीमा लचक बन्यो राष्ट्र बैंक, सटही र भुक्तानीको सिमा उल्लेख्य बढ्यो


काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा लचक नीति लिएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै खुकुलो नीति लिएको हो ।

राष्ट्र बैंकको नयाँ नीतिअनुसार अब विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यसमा नागरिकले अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा पाउँथे । 

यस्तै, दूर संचार सम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरूले विदेशी सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा भाडा बापत वार्षिक अमेरिकी डलर ५ लाखसम्मकोभुक्तानी बैंक तथा वित्तीय सस्था स्वयम्ले गर्न सक्नेछन् ।