निरन्तर ओरालो लाग्दै शेयर बजारः नेप्से ११.९० अंकले घट्दा कारोबार रकम ४ अर्बमा सिमित


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.९० अंकले घटेर बन्द भएको हो। यससँगै बजार २५ सय ८७ दशमलव २५ को बिन्दुमा बन्द भएको छ। आज नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ४ अर्ब २९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड १९ लाख कित्ता शेयर किनबेच भएको छ।

आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५६ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिलायन्स स्पिनिङ् मिल्सको १५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एनएमबी डिबेन्चर १०.७५ प्रतिशत २०८९÷९० का लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १४.२९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले ८.८० प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् आज यस कम्पनीको लगानीकर्ताले ८.५५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, धौलागिरी लघुवित्तका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले गुमाएका छन्।